Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

624
shares

काठमाडौं, १ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि रवा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ७.०६ प्रतिशतका दरले गुमाएका छन् भने केन्द्रीय वित्त कम्पनी लिमिटेडका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ३.४९ प्रतिशतका दरले गुमाएका छन् ।