दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८३ असार १ सोमवार १५:२३
shares

काठमाडौं, १ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले गुमाएका छन् ।















