Dhulikhel Eco Banner new

‘मर्जरले कम्पनीको अधिकार कटौति हुन्छ, हाम्रो सरकारी नीति नै ठिक छैन’

7.9K
shares

काठमाडौं, २६ असार । अर्थशास्त्री डा. रमेशकुमार भण्डारीले नेपालको मर्जर नीति नै गलत भएको बताएका छन् । पछिल्लो समय बैंक तथा बीमा क्षेत्रमा मर्जरको लहर नै चलेको छ । केही कम्पनीहरुले मर्जर सहमति गरेर पनि भाडिएका छन् ।

डा. भण्डारीले मर्जरमा जादा कुनै कम्पनीको अधिकार नै कटौति हुने भन्दै मर्जरमा जानु गलत हुने बताए । कुनै कम्पनीले मर्जरमा जान चाहान्छ भने त्यस कम्पनीमा समस्या हुन सक्ने उनको भनाई छ । ‘सहज छैन बीमामा मर्जर, सहमति भएका पनि चाडिदैं’ भन्ने शिर्षकमा केटिएम भ्वाइस डटकममा समाचार प्रकाशन भए पछि प्रतिक्रिया दिदै उनले नेपालको मर्जर नीति नै गलत भएको बताए ।

‘मर्जर भनेको आफ्नो लगानी भएको कम्पनीको अधिकार कटौती गरी अरुलाई दिने हो, कुनैपनि लगानीकर्ताले समस्या मा नपरीकन आफ्नो कम्पनी अर्को कम्पनीसँंग मर्ज गर्न खोज्दैन्’ उनले भनेका छन् ।

अमेरिकामा समेत फोर्स मर्जको नीति नभएको उनले बताए । अमेरिकामा एकै किसिमको कारोबार गर्ने ठुला कम्पनीलाई मर्ज गर्न नै नदिने गरेको सुनाउदै उनले भने, ‘जस्तो सामसुङ र आइफोन मर्ज गर्छु भन्यो भने त्यहाँको एन्टी ट्रष्ट ल भन्ने कानूनले त्यहाँ निषेध गरेको छ, हाम्रोमा त सरकार को मर्जर नीति नै गलत छ ।’

मर्जर गरेर कम्पनी कम भयो भने मोनोपोली हुने उनले बताए । २७ वटा बैंक मर्जर भएर ५ वटामा झर्यो भने ग्राहकले आफ्नो रोजाई अनुसार खोजेर सुविधा लिन नसक्ने र सिण्डिकेट जस्तो हुने डा. भण्डारीले बताए ।

‘मर्जरका लागि कन्जुमरको हित पनि हेर्नुपर्छ, लाइसेन्स बाढ्ने अनि मर्ज गर्ने, फेरि लाइसेन्स बाड्ने’ उनले भने, ‘यो त नीतिगत भ्रष्टाचार भयो ।’ केही वर्ष पहिले मलेसियामा मोहम्द महाथिरले फोर्स मर्जर गराएका थिए । तर त्यहाँभित्र एउटा स्वार्थ लुकेको उनले बताए ।

अमेरिकामा ‘वान बैंक, वान ब्रान्च’ छ भने नेपालमा अत्यधिक मर्जर पनि आवश्यक नरहेको उनले बताए । ‘पुँजीमात्रै बढाएर हुँदैन, हाम्रो डिपोजिट नै छैन’ उनले भने, ‘मर्जर भनेको समाधान होइन, हाम्रो बजार पनि हेर्नुपर्यो ।