Dhulikhel Eco Banner new

जहाजभित्र चुरोट तान्ने यात्रु प्रक्राउ

7.58K
shares

काठमाडौं, २९ असार । काठमाडौं देखि धनगढीका लागि उडेको विमानभित्र एक यात्रुले चुरोट तानेका छन् । बुधबार काठमाडौं देखि धनगढीका लागि उडेको विमानमा यात्रा गरिरहेका कैलालीको टिकापुर नगरपालिकाका नारायण उपाध्यायले विमानको शौचालयमा गएर चुरोट तानेका हुन् ।

यात्राको क्रममा रहेका यात्रुले शौचालय छिरेर चुरोट तानेको र उनलाई तत्कालै विमानका कर्मचारीले नियन्त्रणमा लिएको बुद्ध एयरका सूचना अधिकारी दीप्रेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार उडान नम्बर २५३ मार्फत अपरान्ह धनगढी उडेको विमानमा चुरोट तानेका यात्रुलाई धनगढी पुगेपछि प्रहरीको जिम्मा लगाइएको सूचना अधिकारी कर्णले बताए ।

जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । सुरक्षाका हिसावले सम्बेदनशील स्थानमा नै यस्तो लापरर्वाही हुनुले सुरक्षामा खटिएका प्रहरीको समेत कमजोरी देखिएको छ ।