Dhulikhel Eco Banner new

यो वर्ष थपियो १ खर्बबढी बेरुजु, कुल बेरुजु करिब ५ खर्ब

6.33K
shares

काठमाडौं, २९ असार । एक आर्थिक वर्षमा १ खर्बभन्दा बढीको बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदन अनुसार यो अवधिमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखिएको हो ।

यो संघिय, प्रदेश, स्थानीय तह, अन्य समिति तथा संघ संस्थाको लखापरीक्षणबाट देखिएको बरुजु हो । योसँगै कुल बेरुजु भने ४ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार यो वर्ष ५ हजार ६६५ निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाख रुपैयाँको लेखापरीक्षण भएको छ । यो अवधिमा महालेखा परीक्षक कार्यालयका अनुसार कारबाही टुंगो लगाउनुपर्ने बेरुजु ३ खर्ब ४५ अर्ब ५६ करोड ३ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा ३४.१७ प्रतिशतले बढी हो ।

प्रतिवेदन अनुसार असुल गर्नु पर्ने बरुजु रकम ३३ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यस्तै नियमित गर्नुपर्ने बेरुजु ६९ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ रहेको छ । नियमित गर्नुपर्ने बेरुजुमध्ये अनियमित भएको २० अर्ब ७१ करोड ४४ लाख रुपैयाँ र कागजात पेश नभएको बेरुजु ४८ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ देखिएको छ ।

२४ करोड ६ लाख रुपैयाँ शोधभर्ना नलिएको बेरुजु र पेस्की लिएको ११ अर्ब ६९ करोड २८ लाख रुपैयाँ बरुजु देखिएको छ ।