दक्ष श्रमिक पठाउन सके विदेशी मुद्रा आर्जमा १० गुणा वृद्धि हुन्छ : एनआरएनए अध्यक्ष आचार्य
वि.सं.२०७९ साउन ५ बिहीवार १६:२४
shares

काठमाडौं, ५ साउन । गैर आवासीय नेपाल संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले रोजगारीमा जाने नेपालीहरुलाई दक्ष बनाए पठाउनु पर्ने बताएका छन् । एनआरएनएले आयोजना गरेको वैदेशिक रोजगार, सामजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला गोष्ठिमा बोल्दै अध्यक्ष आचार्यले अहिले अदक्ष श्रमिक विदेश गइरहेको भन्दै दक्ष्य श्रमिक पठाउँदा विदेशी मुद्रा आर्जन बढ्ने बताएका हुन् ।
अहिले रोजगारीका लागि गएका नेपालीले अन्य श्रमिककोभन्दा १० गुणा कम पारिश्रमि पाउने गरेको भन्दै सिपयुक्त जनशक्ति पठाउँदा दशौँ गुणा बढी आम्दानी बढ्ने आचार्यको भनाइ छ । यसबाट विदेशी मुद्राको समस्या समाधानमा मद्दत पुग्ने अध्यक्ष आचार्यले बताए । यसमा सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
दक्ष श्रमिक पठाउँदा हेपिनु पर्ने तथा कम तलब पाउने समस्या समेत समाधान हुने उनको तर्क छ । संसारका सबै देशहरुमा एनआरएनएको नेटवर्कलाई प्रयोग गरेर नेपाली दाजुभाइहरुलाई सहयोग गर्ने अवस्थामा पुगेका र संघले सबै अप्ठेरो परिस्थितिमा संघ नेपालीहरको सामा नै रहने पनि उनले बताए ।
विदेशमा मृत्युहँदा समेत सरकारले कुनै श्रमिकका विषमा कुनै पनि कार्य नगरेको भन्दै मन्त्रालय र सामाजिक सुरक्षा कोषले समेत त्यस तर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ ।



















