मुक्तिनाथ क्यापिटलको भदौ २३ गते साधारणसभा, के-के छन् एजेण्डा ?
वि.सं.२०७९ भदौ २ बिहीवार १०:१७
4.02K
shares
shares

काठमाडौं, २ भदौ । मुक्तिनाथ क्यापिटल लिमिटेडको १३ औं वार्षिक साधारणसभा बस्ने भएको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार सभा भदौ २३ गते विहान ११ः३० बजे बोलाएको हो ।
उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्सालमा हुने छ ।
सभाले लेखापरिक्षण सहितको २०८९ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गर्नेका साथै अन्य छलफल गर्नेछ ।















