वैदेशिक रोजगार व्यवसायीको चुनाव पुष ८ गते
वि.सं.२०७९ असोज ४ मंगलवार १३:३६
shares

काठमाडौं, ४ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चुनाव पुष ८ गते हुने भएको छ । संघको तदर्थ कार्यसमितिको बैंकले पुष ८ गतेका लागि चुनाव सहितको साधारण सभा आयोजना गर्ने निर्णय गरेको समितिका संयोजक विमन ढकालले जानकारी दिए ।
विविध कारणले लामो समयदेखि हुन नसकेको संघको निर्वाचन गराउनका लागि तीन सदस्यीक निर्वाचन समिति समेत गठन गरिएको संयोजक ढकालले बताए । तीन सदस्यीय निर्वाचन समितिको संयोजकमा व्यवसायी ऋषि शर्मा रहेका छन् । समितिको सदस्य सचिवका रुपमा संघका कानुनी सल्लाकार वरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला रहेका छन् भने एक सदस्य पछि तोकिने ढकालको भनाइ छ ।
सकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधान गर्न लागेकाले सो ऐनलाई व्यवसायमैत्री बनाउनका लागि संघको तर्फबाट पहल भइरहेको संयोजक ढकालको भनाइ छ ।















