GBIME

दशैँमा पनि फुटपाथमा व्यापार गर्न नपाइने

1.05K
shares

काठमाडौं, १३ असोज । काठमाडौं महानगरपालिकाले दशैँको समयमा पनि फुटपाथमा व्यापार गर्न नपाइने बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) ले पैदलयात्रीको लागि भएको भन्दै व्यापार गर्न नपाइन बताएका हुन् ।

विज्ञप्तिमा दैशैंको सन्दर्भसँग जोडिएर फुटपाथ व्यापारको विषयमा भइरहेको टिकाटिप्पणीमाथि ध्यानाकर्षण भएका बताउँदै महानगरले निर्वाध रुपमा पैदलयात्रीले हिँडन पाउने अधिकारको संरक्षण गर्ने मेयर साहले बताएका छन् । कुनै पर्व विशेष वा अन्य कारणले पैदलयात्रीको अधिकार सुनिश्चित गर्ने कार्यक्रम नरोकिने महानगरले बताएको छ ।

विज्ञप्तिमा सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने भएकाले महानगरले पनि आफ्नो निति तथा कार्यक्रममार्फत यसलाई स्थापित गराउने कार्यक्रम अघि बढाएको बताइएको छ । आथिएक वर्ष २०७९/०८० मा वार्षिक नीतिअन्तर्गतबाट पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्रीको आवागमनका लागि फुटपाथ उपयोग सहज र सरल बनाइने र फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिने व्यवस्था भएको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।