Dhulikhel Eco Banner new

‘नेपाल–जर्मन मार्ट २०२२’ मेला आज सकिदै

4.99K
shares

काठमाडौं, १३ कात्तिक । शनिबारबाट काठमाडौंमा जारी ‘नेपाल–जर्मन मार्ट २०२२’ मेला आज सकिने भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो ।

मेला काठमाडौंको ज्ञानेश्वरमा रहेको जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको छ ।

मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरु नेपाली उत्पादन र सामग्री र ५ वटा खानेकुराका स्टलहरु राखिएको छ । लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको आयोजकले जनाएको छ ।