Dhulikhel Eco Banner new

झापा ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजयी, कांग्रेसका सिटौला पराजित

5.03K
shares

काठमाडौं, ८ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई पराजित गरेका हुन् ।

लिङ्देनले ४० हजार ६४८ मत पाएर निर्वाचित भएका हुन् । सिटौलाले ३७ हजार ३७२ मत पाएका छन् । सिटौला सत्तारुढ गढबन्धनका साझा उम्मेदवार हुन भने लिङ्देनलाई नेकपा एमालेको साथ थियो ।