Dhulikhel Eco Banner new

एनआईबिएल ग्रोथ फण्डले अहिलेसम्मकै ठुलो आईपीओ जारी गर्दै

4.99K
shares

काठमाडौं, २१ मंसिर । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ ।

यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहने छ । यो संगै अहिले सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन गर्ने म्युचुअल फण्ड योजना हुनेछ।

उक्त अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने व्यहोरा क्यापिटलले जनाएको छ ।
“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेका छन् ।

“एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्षे समयावधि पूूरा भई परिपक्क भईसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफल समेत वितरण गरिसकेको थियो । त्यस्तै अन्य दुई बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड –२ समेत संचालनमा रहेका छन् ।

साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ र यस योजनाले समेत हाल सम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफल समेत कायम राख्न सफल रहेको छ ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतका योजनाको इकाईधनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्र्दै आईरहेका छन् ।