Dhulikhel Eco Banner new

१२ भाइ पत्रकारले एकपछि अर्को गर्दै खेदे : रवि लामिछाने

7.23K
shares

काठमाडौं, २२ माघ । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताएका छन् । पत्रकार सम्मेलनमा पत्रकारहरु प्रति निकै आक्रामक देखिएका उनले आफूले गरेको काम १२ भाइले नदेखेको रविको आरोप लगाएका हुन् ।

आफ्ना मालिकका समाचार लुकाउने देखि १२ भाइले जाँड खाएर समाचार लेख्ने गरेको रविको आरोप छ । ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?,’ उनले भने ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् ।’