GBIME

२१ अर्ब भन्दा बढी ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1.04K
shares

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले माघ २३ गते सोमबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब १० करोडको ट्रेजरी बिल, १९२ दिन अवधिको ७ अर्ब, र ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

१८२ दिन अवधिको ट्रेजरी बिल नयाँ हो भने बाँकि बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ । राष्ट्र बैंकले यस अघि माघ १६ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।