Dhulikhel Eco Banner new

विदेश अध्ययनको उत्कृष्ट गन्तव्य फ्र्याङ्कलिन एजुकेशन

6.77K
shares

काठमाडौं, १० फागुन । नेपालबाट पछिल्लो सयम उच्च शिक्षाका लागि विदेश जाने युवाहरुको संख्या बढ्दै गएको छ । विदेश अध्ययनमा जानका लागि भिसा आवेदन दिने र विदेशमा उच्च शिक्षा हासिल गर्नका लागि धेरै संस्थाहरु खुलेका छन् । धेरै संस्थाहरुको बीचमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था हो फ्र्याङलिन एकुकेशन कन्सलटेन्सी । फ्र्याङ्कलिनबाट आजसम्म भिसा आवेदन दिएका सबै विद्यार्थीको भिसा सक्सेस भएको छ । यो सफलताका लागि यो संस्थाका प्रशिक्षहरुको मेहेनत र विद्यार्थीको लगनशीता नै मुख्य कारण हो ।

विदेशमा उच्च शिक्षा अध्ययनको सोचमा हुनु हुन्छ र सहि परमर्शतादाको खोजिमा हुनुहुन्छ भने तपाईको लागि उपयुक्त छ फ्र्याङ्कलिन । यो संस्थाले विषेश गरेर युके (बेलायत) मा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि काम गर्ने गरेको छ । त्यो बाहेक युरोपका अन्य देश र अष्ट्रेलिया लगायत देशहरुमा पनि उच्च शिक्षा अध्ययनका लागि परामर्श दिने काम गर्दै आएको छ ।

यदि तपाई उच्च शिक्षा हासिल गर्नका लागि बेलायत लगायत विभिन्न देश जाने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाइको लागि उपयुक्त गन्तव्य हो फ्र्याङ्कलिन शैक्षिक परामर्श । स्थापन कालदेखि नै निरन्तर रुपमा बेलायत तथा युरोपका विभिन्न देश तथा अन्य देशहरुमा उच्च शिक्षा अध्ययनका लागि यो संस्थाले विद्यार्थीहरु पठाउँदै आइरहेको छ । यहाँबाट भिसा आवेदन दिएका सतप्रतिशत विद्यार्थीको भिसा आएर विदेशमा अध्ययन गर्न गइसकेका छन् । यदि तपाई पनि सतप्रतिशत रुपमा भिसा आएर विदेश जाने सोचमा हुनुहुन्छ भने एक पटक पुग्नै पर्ने ठाउँ हो फ्र्याङ्कलिन ।

बेलायतमा नै अध्यापन गराएर आएका उत्कृष्ट प्रशिक्षकद्धारा प्रशिक्षण दिने यो संस्थाले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि विदेशको यात्रा गराइसकेको छ । अध्ययनका लागि विदेश त्यसमा पनि बेलायत जाने योजनामा हुनुहुन्छ भने तपाइको उपयुक्त गन्तव्य हो फ्र्याङ्कलिन । सन् २०१८ मा स्थापना भएको यो संस्थाले आफ्नो स्थापनादेखि नै निरन्तर रुपमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको संस्थाका नेपाल प्रमुख उमेश खड्काको भनाइ छ । यसको केन्द्रीय कार्यालय बेलायतमा नै रहेको छ ।

नेपालमा भने सन् २०१९ देखि सेवा प्रवाह गर्दै आएको एजुकेशन कन्सलटेन्सी बेलायत (युके) ओरेन्टेट कम्पनी हो । अर्बोड तथा करियर काउन्सिलिङ लगायतका विषयमा जानकारी दिने गरिएको संस्थाका नेपाल प्रमुख खड्काले बताए । काठमाडौंमा मात्रै नभएर यसले नेपालका विभिन्न शहरहरुमा समेत शाखा विस्तार गरेर सेवा प्रवाह गरिरहेको छ । खड्काका अनुसार अहिले पोखरा, हेटौडा लगायत शहरमा शाखा विस्तार भइसकेका छन् ।

अहिले ३५ वटा विश्वविद्यालयसँग यसको सम्बन्ध रहेको छ । अहिलेसम्म भिसा आवेदन दिएकाहरु कसैले पनि भिसा आएन भनेर पछुत्ताउनु पर्न अवस्था भने आएको छैन् । यहाँ काउन्सिलिङ गर्ने सबै प्रशिक्षकहरु पनि बेलायतबाट उच्च शिक्षा हासिल गरेकाले पनि त्यहाँका विषयमा जानकारी लिनका लागि र भिसा प्रोसेस गर्नका लागि निकै सहज हुने गरेको छ ।

मार्केट अनुसार नै आफूहरुले बेलायतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरुको राजाइमा बेलायत पर्दै आएको छ । यहाँका विश्वविद्यालयहरुमा अन्य देशको तुलनामा सहज भएकाले विद्यार्थीको रुची बढेको खड्काले सुनाए । बेलायत बाहेक अष्ट्रेलिया, क्यानडा लागायत देशमा पनि यो कन्सलटेन्सीबाट विद्यार्थीहरु पठाउने गरिएको छ ।

विद्यार्थीहरुले अध्ययन ग्यापलाई निकै समस्याका रुपमा लिने गरेको भए पनि काम गरेकाहरुलाई बेलायतका विश्वविद्यालयहरुले सहर्ज स्वीकार गर्ने भएकाले पनि यहाँको प्रक्रिया सहज छ । अनुभवको प्रमाणपत्र बनाउन सक्ने र नेपालमा केही काम गरिरहेकाहरुका लागि यो कुनै ठूलो समस्या नभएको पनि खड्काले बताए ।

विदेशका विश्वविद्यालयका प्रोफेसरहरु नै आएर विद्यार्थीलाई काउन्सिलिङ सेवा प्रदान गर्ने काममा पनि यो संस्था निकै अघि रहेको छ । सेप्टेम्बरलाई मुख्य इनटेक मानेर काम गर्ने संस्थाले वार्षिक करिब २ हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेश पठाउने गरेको छ ।