खिचापोखरी न्युरोड व्यापार संघको ८ औँ अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०७९ फागुन १९ शुक्रवार १४:३४
shares

काठमाडौं, १९ फागुन । खिचापोखरी न्युरोड व्यापार संघको ८ औँ अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गरिएको छ । शुक्रबार संघको अधिवेशन तथा साधारण सभाको उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सबैको प्रयासबाट देशको समृद्धि सम्भव रहेको बताए । सरकार र निजी क्षेत्रको सहकार्यमा मात्रै देशको विकास सम्भव भएको उनको भनाइ थियो । राज्यको भूमिका अलि बढी भए पनि सबैको हातेमालोबाट देश अघि बढ्ने उनले बताए ।
व्यावसायीक तथा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् भने यस कार्यक्रममा चार जना समाजसेवि पनि सम्मानित भएका छन् । जसमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्ययक्ष नरेस कटुवाल सम्मानित भएका छन् । विउरत्न शाक्य, मोहन विच यादव र मनोजबाबु महर्जन सम्मानित भएका छन् ।
कार्यक्रममा व्यवसायीका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले व्यवसायीका समस्याका विषयमा राज्य गम्भिर हुनु पर्ने बताएका थिए । व्यवसायीका कुरा सुन्नु पर्ने निकायहरु कानमा तेल हालेर बसेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थाप अध्यक्ष नरेश कटुवालको आरोप थियो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले व्यवसायी मारमा परेको समयमा राज्यले पनि ध्यान दिन नसकेको बताए । व्यवसायीहर मर्नु पर्ने अवस्थाको सिर्जना भएको भन्दै यसका लागि राज्यले जिम्मा लिनु पर्ने उनको भनाइ थियो । त्यस्तै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि व्यवसायीको समस्या समाधानका लागि राज्यले ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छ । उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।















