Dhulikhel Eco Banner new

शोधनान्तर स्थिति १ खर्ब ३३ करोडले बचतमा

6.71K
shares

काठमाडौं, २८ फागुन । नेपालको शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा शोधनान्तर स्थितिमा सुधार देखिएको हो ।

गत आर्थिक वर्षको माघ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो । त्यस्तै यो अवधिमा चालु खाता भने २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई ५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रहेको थियो ।