Dhulikhel Eco Banner new

नेपाल भित्रिने रेमिट्यान्समा २७ प्रतिशतले वृद्धि

5.64K
shares

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल भित्रिने रेमिट्यान्समा २७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा नेपाल भित्रिने रेमिट्यान्समा २७.१ प्रतिशतको वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा भने ४.४ प्रतिशतले नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको थियो ।

माघ मसान्त ६८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।