Dhulikhel Eco Banner new

स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नु पर्छ : महामन्त्री शर्मा

5.28K
shares

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले स्थानीय उत्पादनलाई बढाएर आयातलाई प्रतिस्तापन गर्नु पर्ने बताएका छन् । भृकुटीमण्ड जारी जुत्ता मेलाको अवलोकन गर्न पुगेको महामन्त्री शर्माले विदेशी सामानको आयातलाई रोक्नेभन्दा पनि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नु पर्ने उनले बताएका हुन् ।

सबै काम राज्यले गर्न नसक्ने भएकाले देशको विकासका लागि निजी क्षेत्रको पनि भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो । ‘देशलाई समुन्नत बनाउनका लागि सबैको प्रयास आवश्यक छ, सबैको हातेमालो जरुरी छ,’ उनले भने । देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पनि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

निर्यातभन्दा आयातको अनुपात धेरै रहेको भन्दै यसलाई कम गर्नका लागि स्वदेशमा उद्योग खोलेर उत्पादन बढाउनु पर्ने आवश्यकता रहेको उनले बताए । ‘देशको अर्थतन्त्र जोगाउनका लागि सांसदका रुपमा गर्नु पर्ने काम मेरो तर्फबाट म गर्छु,’ उनले भने ।