Dhulikhel Eco Banner new

सीजीकाे नयाँ बर्ष योजना, विभिन्न उपहार सहित २३ प्रशितसम्म क्यासब्याक

4.98K
shares

काठमाडौं, १७ चैत । सी.जीले नयाँ वर्षको अवसरमा उपहार योजना ल्याउको छ । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुको खुशीयालीमा झनै उमँग भर्न सी.जी. को “नयाँ वर्ष २०८० सी.जी. को, उमँग नयाँपनको” उपहार योजना ल्याएको हो ।

यस उपहार योजना अन्तर्गत सी.जी.को यो नया वर्ष, सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुमा नयाँपनको उमँग सहित ग्राहकहरुको लागि उपलब्ध छ । यस योजना सँगै ग्राहकवर्गहरुले सी.जी. का अत्याधुनिक सामाग्रीहरुका साथ २३ प्रतिशसम्म आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु पाउने छन् । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप्mनै ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षको उत्सव मनाउन कम्पनीले अनुरोध पनि गरेको छ ।

यस उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टि.भि., स्मार्ट टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत ५ हजार नगद र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत ४ हजार नगद बराबरको जडान निःशुल्क रहेको छ । त्यस्तै ६५ र ७५ इन्चको एन्ड्रोइड टि.भि. मा ७ हजार ५९० बराबरको सी.जी. २.१ स्पीकर उपहार पाउन सकिने छ । सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा ९२० रुपैयाँ बराबरको २ के.जी. को एरियल म्याटिक उपहार प्राप्त गर्न सकिने छ ।

त्यस्तै फ्रन्ट लोडिङ वाशिङ मेशिनमा २ हजार ५०० बराबरको ६ के.जी. को एरियल म्याटिक उपहार रहेको छ । साथै, डबल डोर रेफ्रिजरेटरमा १ हजार २६० बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा २ हजार ८०० बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० बराबरको सी.जी. मेरिडिया भ्याकुम उपहार रहेको छ । यो योजना चैत्र १३ गतेदेखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।