Dhulikhel Eco Banner new

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै

5.23K
shares

काठमाडौं, २७ चैत । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८\०७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८\०७९ पेश गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५\०७६,०७६\०७७ र ०७७\०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरि प्रधानमन्त्रीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।