Dhulikhel Eco Banner new

बालेन साहलाई समन्वयको औचित पुष्टि गर्न उप-प्रधानमन्त्री श्रेष्ठको आग्रह

5.66K
shares

काठमाडौं, २७ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन आग्रह गरेका छन् । सोमबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै समन्वयका लागि औचित्य पुष्टि गरेर आउन आग्रह गरेका हुन् ।

‘संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ । तर त्यसो भनेको अर्थ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न चै अनुरोध मात्रै गर्न जानकारी दिएर हुँदैन,’ उनले भने, ‘यो बारेमा मैले काठमाडौं महानगरपालिकाका प्रमुखलाई प्रस्ट भनेको छु तपाईले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी तथ्य रुप दिने गरी निष्कर्षमा त पुग्नु प¥यो नि,’ गृहमन्त्री श्रेष्ठले भने ।

उनले काठमाडौं महानगरका प्रमुख बालेनलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गरे । मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गरेका थिए । उनले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोपसमेत लगाएका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नहुने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए । ‘मन्त्रिपरिषद्ले फिर्ता गरेको छैन । मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको छ । यस्तो महत्वपूर्ण विषय मन्त्रीहरुले एकछिन आएर ल ठिक छ वा बेठिक छ भन्न मिल्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सम्बन्धित समितिमा पठाउनु आवश्यक थियो ।’