GBIME

सिरहाको प्रादेशिक अस्पतालमा आगलागी, डायलासिसका एकजना विरामीको मृत्यु

816
shares

काठमाडौं, २९ चैत । प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा डाइलाइसिसका एकजना विरामीको मृत्यु भएको छ । बुधबार दिउँसो सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो । सोही क्रममा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको हो ।

बरियारपटी गाउँपालिका–३ बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ ।आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तस्राव भएको थियो ।

अत्यधिक रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो। आगलागीको समयमा आठजना बिरामीले डायालाइसिस गराइरहेका थिए।