अर्थमन्त्री महतसंग राष्ट्रसंघीय प्रतिनिधिहरूको भेट
वि.सं.२०८० वैशाख ५ मंगलवार १५:१२
4.2K
shares
shares

काठमाडौं, ५ वैशाख । अर्थमन्त्री डा. प्रकाश शरण महतसंग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेट गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग मन्त्री डा.महतको भेट भएको हो ।
भेटको क्रममा अर्मिदाले नेपालको आर्थिक अवस्थाको बारेमा चासो राखेकी थिइन् । यस्तै डा.महतले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताको बारेमा चर्चा गरेका थिए ।



















