Dhulikhel Eco Banner new

रवि र स्वर्णिमले लिए शपथ

4.59K
shares

काठमाडौं, १५ वैशाख । उपनिर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित भएका स्वर्णिम वाग्ले र रवि लामिछानेले पद तथा गोपनियताको शपथ लिएका छन् । वैशाख १० गते भएको उप निर्वाचनमा विजयी भएका लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

लामिछाने चितवन क्षेत्र नम्बर २ वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । उप निर्वाचनबाट बारा क्षेत्र नम्बर २ बाट विजयी भएका उपेन्द्र यादव भने शपथ ग्रहण कार्यक्रममा उनुपस्थित भएका छन् । उनी काठमाडौंं बारिरह रहेकाले शपथ ग्रहणमा अनुपिस्थित भएका हुन् ।