नौ महिनामा काठमाडौंं महानगरको बजेट खर्च २४ प्रतिशत मात्रै
वि.सं.२०८० वैशाख १५ शुक्रवार १६:३१
shares

काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको ९ महिनामा विनियोजन गरेको बजेटको २४.१४ प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
महानगरपालिकाले सार्वजनिक गरेको ९ महिनाको प्रगति विवरण अनुसार ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले कम हो । गत वर्षको चैत मसान्तसम्म महानगरपालिकाले ३०.३४ प्रतिशत बजेट खर्च गरेको थियो । गत आर्थिक वर्षमा महानगरपालिकाले १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएको थियो । गत वर्षको ९ महिनामा महानगरपालिकाले ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च गरेको थियो ।
महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गरेको छ । २५ अर्ब २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेटलाई संसोधन गरेर २२ अर्ब ५३ करोड ३३ लाखमा झारिएको छ ।



















