GBIME

विरगञ्जमा रोड टु आईपीओ कार्यशाल सम्पन्न

858
shares

काठमाडौं, २९ वैशाख । मधेश प्रदेशको विरगञ्जमा रोड टु आईपीओ कार्यशाला सम्पन्न भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा लि र पायोनियर ल एसोसिएट्सको सहकार्यमा विरगञ्जमा कार्यशाला सम्पन्न भएको हो ।

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सलेबिरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा पायोनियर ल एसोसिएट्सका म्यानेजिब पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो ।

कार्यक्रमको सफल कार्यान्वयनको लागि सीए सुभास खण्डेलवाल, सीए प्रदिप कुश्वाहाले सक्रिय भुमिका निर्वाह गरेका थिए । उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो । उक्त कार्यक्रममा प्रायोजकको डाएनामिक टेक्नोसफ्ट प्रा.लि. रहेको थियो ।