सिटिजन्स बैंकका ग्राहकले आर बि डायग्नोस्टिकमा २० प्रतिशतसम्म छुट पाउने
वि.सं.२०८० वैशाख २९ शुक्रवार १६:५३
shares

काठमाडौं, २९ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कार्ड भएका ग्राहकहरुले आर बि डायग्नोस्टिक प्रा.लिको सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको आर बि डायग्नोस्टिक प्रा.लि. र बैंक बीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै बैंकको कार्डबाहक ग्राहकले २० प्रतिशतसम्मको छुुट पाउने भएका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू भने सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



















