Dhulikhel Eco Banner new

ललितपुरमा जेठ १७ गतेदेखि प्रथम जुत्ता चप्पल ब्यापार मेला सञ्चालन हुँदै

7.98K
shares

काठमाडौं, १४ जेठ। जेठ १७ गतेदेखि असार १७ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला २०८० संचालन हुने भएको छ ।

विशुद्ध नेपाली ब्राण्डलाई  प्रोत्साहन गर्ने उद्धेश्यले उक्त मेला आयोजना गरेको आयोजक टिमले बताए । सधैजसो भृकुटिमण्डपमा प्रदर्शन हुने उक्त मेला यसपाली भने पहिलो पटक जावखेलमा फरक तरिकाले संञ्चालन गर्न लागेको समेत आयोजक टिमले बताएका छन् ।

‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त मेलामा २० देशि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । मेला बिहान ९ बजे देखि वेलुकी ७ः०० बजे सम्म खुल्ला आयोजक कमिटिले जनाएको छ ।

उक्त आयोजनाले ६ महिनाको ग्यारेन्टीका साथ जुत्ता उपलब्ध गराइने र यदि जुत्ता बिग्रिएको भए एक हप्ताको समयावधिमा सच्याएर दिने व्यहोरा समेत आजको प्रत्रकार सम्मेलनमा जानकारी गराएको छ ।