Dhulikhel Eco Banner new

कला प्रर्दशनीमा पुगेका एमाले अध्यक्ष ओलीलाई उमेरहदको प्रश्न : ओलीको जवाफ यी चित्र राम्रा छन्

5.08K
shares

काठमाडौं, २८ जेठ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले, आफू फेरी अध्यक्ष बन्न पाउने गरी भएको निर्णयबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित १५ दिन लामो राष्ट्रिय कला प्रर्दशनीको अवलोकनका लागि आर्ट काउन्सिल पुगेका ओलीलाई पत्रकारले सोधेको तपाई पुन अध्यक्ष बन्न पाउने गरी पार्टीले गरेको निर्णयबारे के भन्नु हुन्छ भन्ने प्रश्नमा उनले भने ‘ हेर्नुहोस् न यी चित्रहरु राम्रा छन् ।’
उनको जवाफपछि हाँसो चलेको थियो ।

कला प्रर्दशनीको अवलोकनका लागि आइतवार मध्यान्ह बबरमहलस्थित आर्ट काउन्सिल पुगेका उनले, पुराना कलाको संरक्षण र नयाँ कलाको विकास पनि गर्नु पर्ने दायीत्व रहेको बताए।
कलाको विकासका लागि निरन्तर सिर्जना र त्यसको प्रर्दशनी महत्वपूर्ण पक्ष भएको उनले बताए ।

उनले भने ‘यस्तो आर्टहरुको सिर्जना र ती आर्टहरुको प्रर्दशनी । त्यसले अरुलाई प्रोत्साहित गर्छ ।इतिहास बुझ्न पनि प्रोत्साहित गर्छ ।’ प्रर्दशनी नेपाली कला र संस्कृतीको संरक्षणका लागि युवा पुस्तालाई यसमा सहभागि गराउनु पर्ने बताए ।

विश्वमै कलाको धनी देश नेपाललाई थप यो गणतन्त्र दिवसको दिन औपचारिक रुपमा सुरु भएको प्रर्दशनीको आज १३ औं दिन हो । प्रर्दशन अब दुईदिन चल्नेछ । प्रर्दशनीमा ६ सय कलाकारका कला प्रदर्शनीमा राखिएको छ । नेपालको राजनीति कलाकारले बताएको चित्र जस्तै भएको टिप्पणी गरेका छन् ।