छिमेकी राष्ट्रलाई हेर्ने दृष्टिकोण परिवतर्न हुन आवश्यक छ : पुर्व राज्यमन्त्री उपाध्याय
वि.सं.२०८० जेठ ३१ बुधवार १७:०२
shares

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्यायले नेपालले छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोण परिवतर्न गर्न आवश्यक रहेको बताएकी छिन् ।
बुधबार नेपाल भारत विश्व मैत्री संघको पहिलो महाधिवेशन उद्घाटन समारोहमा उनले तपोभूमीमा स्वार्थकै कारण अपवित्र बनेको भन्दै नेपालले छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोण परिवतर्न गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले हाम्रो तपोभूमीमा स्वार्थकै कारण अपवित्र बनेको छ भन्ने मलाई लागेको छ । नेपालले छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोण अब परिवतर्न गर्नु पर्छ ।’
उनले नेपाल र भारतको भाषा, संस्कृति र रहन सहन मिल्ने भारतको विरोध गर्न नहुने उनको तर्क छ ।
उनले भनिन्, ‘नेपाल र भारतको सम्बन्ध त्यो कालदेखि छ । वैदिक काल देखि हो । हाम्रो धेरै कुराहरु मिल्छ । हामी सनातन धर्ममा विश्वास गछौं । हाम्रो भाषा मिल्छ, संस्कृति मिल्छ, रहनसहन मिल्छ, सबै कुरा मिल्छ । त्यसको अर्थ हामीले अरु देशलाई विरोध गर्न जरुरी छैन ।’



















