Dhulikhel Eco Banner new

वैदेशिक रोजगार क्षेत्रका समस्याबारे अध्ययन गर्न उपसमिति गठन

6.06K
shares

काठमाडौं, ३१ जेठ । उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि उप समिति गठन गरेको छ । बुधबार बसेको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले ५ जना सदस्यहरुको उप समिति बनाएको हो ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सचिव रामकुमार पौडेलका अनुसार नेपाली कांग्रेसबाट १ जना, राम शंकर यादव,सुर्यमान तमाङ,गणेश पराजुली र श्रीकृष्ण कुमार श्रेष्ठ गरी ५ जना सदस्यको उपसमिती गठन भएको हो ।

अध्ययन र अनुगमन गर्नको लागि ३० दिनको समय दिएर उपसमिती बनाइएको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष रनेन्द्र बराईलीको भनाई छ ।