काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको घोषणा
वि.सं.२०८० जेठ ३२ बिहीवार २०:५४
shares

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगर पालिकाले पालिका भित्र अब कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएको छ । बिहिबार साझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ( बालेन) ले यस्तो जानकारी दिएका हुन् ।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्,` दक्षिण भारतीय फिल्म आदिपुरुष मा समावेश `जानकी भारतीय छोरी हुन् ´ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सिताको जय होस । ´



















