एलओडीका म्यानेजर सहित दुई कर्मचारी पक्राउ
वि.सं.२०८० साउन १ सोमवार १४:५९
5.11K
shares
shares

काठमाडौं, १ साउन । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका साहुलाई नियन्त्रणमा लिएको थियो ।



















