Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, कारोबार रकम २ अर्ब ५६ करोड

4.25K
shares

काठमाडौं, १ साउन। साताको कारोबारको दोस्रो दिन आज शेयर बजारमा ४७ अंकको सुधार आएको छ । आज ४७ दशमलव ०७ अंकले सुधार आएर शेयर बजार परिसूचक २१४४ दशमलव १६ विन्दुमा पुगेको छ ।

सोमबार २५७ कम्पनीका ७६ लाख ३४ हजार १९० कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९ दशमलव ९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४०४ दशमलव १० विन्दुमा पुगेको छ ।