Dhulikhel Eco Banner new

ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ, सुनको मूल्य घटेदेखि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकसम्म

3.86K
shares

काठमाडौं, ८ साउन । कारोबारको पहिलो दिन शेयर बजारमा सुधार आएको छ । आज शेयर बजारमा ६३ अंकको सुधार आएको छ । हाज ६३ दशमलव ६४ अंकले सुधार आएर शेयर बजार परिसूचक २२२७ दशमलव १६ अंकमा पुगेको छ । आइतबार २६६ कम्पनीका १२ लाख २ हजार ३०८ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज ब वर्गाका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि भारि अंकले सुधार भएको छ । आज १४ दशमलव ४१ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४२४ दशमलव ९३ विन्दुमा पुगेको छ ।

घट्यो सुनको मूल्य, चाँदीमा पनि १५ रुपैयाँको गिरावट
काठमाडौं, ७ साउन । कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३०० र तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल एक लाख १२ हजार ८०० र तेजावी एक लाख १२ हजार २५० रुपैयाँ खरिद बिक्री भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । १५ रुपैयाँले घटेको चाँदीको मूल्य तोलामा १ हजार ४६५ रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सहकारी संस्था नियमनका गर्न छुट्टै विशिष्टिकृत निकाय स्थापना गर्न सहजीकरण गर्दै राष्ट्र बैंक
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाहरुको नियमनप्रति चासो देखाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति जारी गर्दै सहकारी संस्थाहरुको नियमन र सुपरिवेक्षणका लागि चासो देखाएको हो ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ,‘ आर्थिक वर्ष २०८०र८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ ।

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणिलाई कर्जाको पुनःसंरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताए।

खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणिलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उनले जानकारी दिए । प्राकृतिक प्रकोपका कारण समस्यामा परेको, त्यसका कारण उद्योग तथा व्यवसाय धाराशायी भएको, कालोसूचीमा परेको भए त्यस्ता ऋणिलाई पुनःस्थापनाका लागि विशेष व्यवस्था गरिन लागेको गभर्नर अधिकारीको भनाइ छ ।

ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ
ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट आइतबार बिहान पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ललिता निवास जग्गा हिनामिनामा श्रेष्ठको नाम पनि जोडिएको थियो । उनी अमिन भएका बेला ललिता निवासको जग्गा नापजाँच गरेका थिए । ललिता निवास जग्गा प्रकरणमा यस अघि १९ जना पक्राउ परिसकेका छन् ।