Dhulikhel Eco Banner new

बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशको विनिमय कति ?

6.93K
shares

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ । हिजो डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । हिजोको तुलनामा डलरको भाउ बढेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ ।
बुधबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा गेको राष्ट्र बैंकले जनाएको छ ।