Dhulikhel Eco Banner new

तीन सचिवसहित १ सय ७१ जना कर्मचारीको सरूवा

6.5K
shares

काठमाडाैं, १९ भदाै । न्याय परिषद्ले एकैपटक १ सय ७१ जना कर्मचारीको सरुवा गरेको छ। न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सरकारका तीन सचिवसहित १ सय ७१ जना कर्मचारीको सरुवा गरेकाे हो।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटालाइ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ। नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलालाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै, सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगमा सरुवा भएको जनाइएको छ।

त्यस्तै, न्याय सेवामा कार्यरत १२ जना सहसचिव, १५६ जना उपसचिवको पनि सरुवा गरिएको छ।