खेतमा बेवारिसे शिशु फेला, धनुषा प्रहरीद्वारा जीवित उद्धार
वि.सं.२०८० मंसिर १४ बिहीवार १६:१६
shares

जनकपुरधाम, १४ मंसिर । जनकपुरधाम उपमहानगरपालिका-१७ बेलौनीस्थित धान खेतमा बिहीबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले खेतमा नवजात शिशुलाई देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी चौकी कपेलेश्वरबाट खटिएको प्रहरी टोलीले जीवित नवजात शिशु बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको हो ।
शिशुको शरीरमा कुनैपनि बाहिरी चोटपटक नदेखिएको र आवश्यक स्वास्थ्य चेकजाँचका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको कपलेश्वर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी नायव निरीक्षक मोहित यादवले जानकारी दिए ।
यसबारे प्रहरीले अनुसन्धान थालेको छ । शिशुलाई चौरमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ ।















