Dhulikhel Eco Banner new

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले १० प्रतिशत नगद लाभांश वितरण

3.38K
shares

काठमाडौं, १४ भदौ । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत वर्षको लाभांश (प्रतिफल) वितरण गरेको छ । यस योजनाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्न समेत योजना व्यवस्थापकले आग्रह गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाले लाभांश प्रयोजनका लागि साउन १७ गते एक दिन बुक क्लोज गरेको थियो ।

योजनाको लाभांश पुनः लगानी योजनामा सहमागी हुन यसअघिनै आवेदन दिएका इकाईधनीहरूको हकमा प्राप्त थप इकाई हितग्राही खातामा निकट भविश्यमा जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले गराएको छ ।