नेपालले ‘बीबी माइनस’ रेटिङ प्राप्त गर्दा सिबिफिन उत्साहित
वि.सं.२०८१ मंसिर १० सोमवार १६:०७
shares

काठमाडौं, १० मंसिर । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) ले नेपालको साख र विश्वसनीयता बढाएको र सन्तोषजनक नतिजा प्राप्त गरिएको बताएको छ ।
अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ ले गरेको सार्वभौम साख मूल्यांकनमा नेपालले ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । नेपााले रेटिङमा सन्तोषजनक नतिजाले उत्साहित बनाएको सीबीफीनले जनाएको हो ।
नेपालको अर्थतन्त्रका बाह्य सूचकहरू बलियो स्थितिमा रहेका, पर्याप्त तरलता र न्यून ब्याजदरको बावजुद, आर्थिक गतिविधिहरू अपेक्षाकृत तीव्रता प्राप्त गर्न नसकेको अवस्थामा पनि यस मूल्याकंन समग्र निजी क्षेत्रका लागि विश्वासको वातावरण सृजना गरेको छ। यसले लगानी विस्तार, कर्जा प्रवाह र पूँजी परिचालनको लागि ठूलो अवसरको सिर्जना गरेको सिबिफिनको बुझाइ छ।
सीबीफीनले जारी गरेको विज्ञप्तिअनुसार दक्षिण एसियाका अन्य मुलुकहरूमध्ये भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्यांकनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन, यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित समेत गरेको छ ।
साख मूल्यांकनले बैंकरवित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिनरऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका सञ्जीवनी बुटीको कार्य गर्ने विश्वास लिएको सीबीफीनको भनाइ छ ।
यस मूल्यांकनले बैंक तथा वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीलाई अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, र विदेशी बजारमा ऋण लिन वा ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सकारात्मक प्रभाव पार्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।



















