Dhulikhel Eco Banner new

अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य अध्ययन गर्न समिति गठन

3.72K
shares

काठमाडौं, १० मंसिर । सरकारले अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यबारे अध्ययन गर्न समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय हवाई टिकटमा महँगो मूल्य तिर्नुपरेको गुनासो बढेपछि सरकारले सोमबार अध्ययन कार्यदल बनाएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट बनेको समितिको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे तोकिएको हो । ठगिएको आशंका भएमा टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, भौचर लगायत अन्य प्रमाणसहित उजुरी गर्न पनि सरकारले आग्रह गरेको छ ।

२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निर्माणका काम जारी रहेकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको ‘मिलेमतो’ मा हवाई भाडामा ठगी भइरहेको गुनासो यात्रुहरूले गर्दै आएका छन् ।