Dhulikhel Eco Banner new

लेखापरीक्षणमान बोर्डको अध्यक्षमा र निरौला लेखामान बोर्डको अध्यक्षमा ढुङ्गेल नियुक्त

4.52K
shares

काठमाडौं, १३ मंसिर । नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला र नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल नियुक्त भएका छन । मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताए । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिएका थिए।