Dhulikhel Eco Banner new

पुँजी बजारको समस्या समाधान गर्न आचार्यको संयोजकत्वमा कार्यदल

5.93K
shares

काठमाडौं, २ असार । सरकारले पुँजी बजारको समस्या समाधान गर्नका लागि धितोपत्र बोर्डका कायममुकाय कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्रालयले कार्यदल गठन गर्ने निर्णय गरेको र अहिले बोर्डको कार्यकारी निर्देशक नरहेको अवस्थामा आचार्यले नै नेतृत्व गर्ने सम्भावना रहेको हो ।

अर्थमन्त्रालयले बोर्डको कार्यकारी निर्देशकको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको बोर्डका डिपुटी कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालयको उप सहिच, राष्ट्र बैंकको प्रतिनिधी र बोर्डका एकजना सदस्य सचिव रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको केसीले बताए ।

कार्यकारी निर्देशक नरहेको अवस्थामा कामु रहेका व्यक्तिको संयोजकत्वमा कार्यदल बन्ने केसीको भनाइ छ ।