Dhulikhel Eco Banner new

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

4.54K
shares

काठमाडौं, २ असार । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आज (बिहीवार) देखि संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ ।

कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही ब्याक्ति, कम्पनी, संघ संस्थाहरुले असार ८ गते कार्यालय समय सम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको मूल्य न्यूनतम रू. ३५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।