Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.98K
shares

काठमाडौं, ८ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.०२ अंकले घटेर २,७३९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाएका छन् भने हिमालयन डिस्टिलरीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी निफ्रा ग्रीन एनर्जी डिबेंचरका लगानीकर्ताले २.५४ प्रतिशतका दरले कमाएका छन् भने अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले २.३५ प्रतिशतका दरले कमाएका छन् ।