Dhulikhel Eco Banner new

भव्य समारोहबीच वीरगञ्जमा सञ्चालनमा आयो क्यासिनो माजोङ

3.93K
shares

काठमाडौं, २० पुस । नेपालको एक प्रमुख आर्थिक केन्द्र वीरगञ्जमा क्यासिनो माजोङ सञ्चालनमा आएको छ । वीरगञ्जको स्काइलाइन मलस्थित होटेल सरोवर पोर्टिको परिसरमा क्यासिनो माजोङले सेवा सञ्चालन गरेको हो । १८ पुसमा एक भव्य समारोहबीच क्यासिनो माजोङ, वीरगञ्जको ग्रान्ड ओपनिङ गरिएको हो ।

क्यासिनो माजोङ, वीरगञ्जका महाप्रबन्धक सीताराम बानियाका अनुसार भारतीय पर्यटकलाई लक्षित गरी सेवा सञ्चालनमा ल्याइएको हो । यसअघि काठमाडौं र नेपालगञ्जमा पनि क्यासिनो माजोङ सञ्चालनमा छन् ।

‘ वीरगञ्जमा पनि क्यासिनो माजोङ सञ्चालनमा आउँदा हामी हर्षित छौं,’ भारत बेतियाका ट्रान्सपोर्ट व्यवसायी अजित सिंह भन्छन्, ‘निकट भविष्यमै यसमा भारतीय पर्यटकहरूको भीड लाग्ने निश्चित छ । म त सफ्ट ओपनिङदेखि नै नियमितजस्तो आइरहेको छु ।’

क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठ विगत २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन्। क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभल लगायत व्यवसायमा उनको लगानी छ। उनको स्वामित्वमा रहेको क्यासिनो माजोङ नेपालकै नम्बर(१ क्यासिनो हो। क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ।

उक्त क्यासिनोले पाँचौंपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरिसकेको छ । क्यासिनोमार्फत नेपालको पर्यटन विकासमा योगदान दिएको कदरस्वरूप भारतको हस्पिटालिटी इन्डियाले क्यासिनो माजोङलाई लगातार दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ ।

‘गेट वे अफ नेपाल’को नाममा प्रख्यात वीरगञ्ज नेपालको प्रमुख व्यापारिक र औद्योगिक शहर पनि हो । भारततर्फको रक्सौल नाकाबाट बर्सेनि लाखौं भारतीय पर्यटक वीरगञ्ज हुँदै नेपाल भित्रिन्छन् । उनीहरूलाई नै लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको महाप्रबन्धक बानिया बताउँछन् ।