एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
वि.सं.२०८२ पुस २० आइतवार ११:१५
shares

काठमाडौं, २० पुस । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको छ।
पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गर्दै नेपाल राष्ट्र बैंकसँग स्वीकृतिका अनुमती माग गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। सोही आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सो अनुपातमा हकप्रद शेयर निष्कासन गरिने बैंकले जनाएको छ।
















