Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.35K
shares

काठमाडौं, २० पुस । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.२९ अंकले घटेर २६१० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा विन नेपाल लघुवित्त श्रीनगर एग्रीटेकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन सान्भी इनर्जीका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् भने सागर डिष्टिलरीका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी युनाइटेड आईडीआई मार्डी आरबी हाइड्रोपावरका लगानीकर्ताले ७.७० प्रतिशतका दरले कमाएका छन् ।