Dhulikhel Eco Banner new

नेक्सजेनले बोलायो एजिएम, आईपीओ जारी मूख्य एजेण्डा

5.54K
shares

काठमाडौं, २० पुस । नेक्सजेन म्यानेजमेन्ट लिमिटेडले वार्षिक विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ ५ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा विशेष साधारणसभा आयोजना गर्ने जनाएको छ।

सभाको मुख्य एजेन्डामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव रहेको छ। आईपीओ निष्कासनको तयारीसँगै कम्पनीले शेयर संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरू पनि सभामा पेश गर्नेछ।

यसका साथै विशेष साधारणसभाबाट पारित निर्णय पुस्तिकामा दस्तखत गर्न शेयरधनीको तर्फबाट एक जना प्रतिनिधि मनोनयन गर्ने एजेन्डा समेत रहेको छ। कम्पनीले सर्वसाधारण समूहलाई तोकिएबमोजिम जारी तथा चुक्ता पुँजी मिलान गर्ने प्रस्ताव पनि सभामा पारित गर्ने जनाएको छ।